दुर्घटनाग्रस्त विमानमा थिए विश्व चर्चित स्केटरहरू पनि
वासिङटन डीसी । वासिङ्टन डीसीमा आकाशमा हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकन एयरलाइन्सको विमानमा अमेरिकी स्केटिङका खेलाडी, कोच र परिवारका सदस्यहरू समेत परेका छन् । अमेरिकाको फिगर स्केटिङ हेर्ने निकाय ‘यूएस फिगर स्केटिङ’ले यस्तो बताएको हो ।
यिनीहरू कान्सासमा यूएस फिगर स्केटिङ च्याम्पियनशिपमा नेशनल डेभलपमेन्ट क्याम्पमा सहभागी भएर फर्कँदै थिए । यो भयानक दुर्घटनाबाट आफूहरू विक्षिप्त बनेको यूएस फिगर स्केटिङले एउटा विज्ञप्तिमा भनेको छ । विमानमा १५ जनासम्मको फिगर स्केटिङसँग सम्बन्धन रहेको एउटा स्रोतले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । दुर्घटनामा कति जनाको मृत्यु भएको छ भने अहिलेसम्म अधिकारीहरूले खुलाएका छैनन् । तर कोही पनि बाँचेको हुन नसक्ने संकेतहरू आइरहेको बताइएको छ ।
रुसको सरकारी सञ्चार माध्यमले बताएअनुसार दुर्घटनामा परेको विमानमा रुसको आइस स्केटिङ कोचहरू र पूर्वविश्व च्याम्पियन इभ्जेनिया शिश्कोभा र भादिम नउमुभ पनि थिए । विमानमा यिनीहरूको छोरा म्याक्सिम पनि भएको बताइएको छ । म्याक्सिम पनि स्केटर नै हुन् । विमानमा सोभियत संघबाट प्रतिस्पर्धा गरेका पूर्व स्केटर पनि सवार रहेको तासले भनेको छ । उनी वाशिङटन फिगर स्केटिङ क्लबमा कोच थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण