यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्कर : दुर्घटनामा कोही पनि नबाँचेको जानकारी गराइयो
वासिङ्टन डिसी । अमेरिकाको वासिङ्टन डिसीमा स्थानीय समयअनुसार बुधबार राति यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्करपछि भएको दुर्घटनामा कोही पनि जीवित हुने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । यसअघि जीवितहरूको उद्धारमा लागेका उद्धारकर्मीहरूले अब शवहरू निकाल्नमा केन्द्रित भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले बताएको हो ।
अमेरिकन एयरलाइन्सको विमान सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो । रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्टबाट बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान राति ९ बजे हेलिकप्टरसँग ठोक्किन पुगेको थियो ।
विमानमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । सैन्य हेलिकप्टरमा ३ जना सैनिक सवार रहेका थिए । हालसम्म विमानबाट २७ जनाको शव बरामद भएको छ भने हेलिकप्टरबाट थप एक जनाको शव फेला परेको छ ।
विचिटा मेयर लिली वूले पत्रकार सम्मेलन गर्दै उद्धार टोलीले आफूलाई कोही पनि जीवित नरहेको जानकारी रहेको बताइन् । उनले फेला परेको शवको सनाखतपछि परिवारहरूलाई खबर गराइने बताइन् ।
अमेरिकामा यात्रुवाहक विमान यति ठुलो दुर्घटनामा परेको १६ वर्षपछि पहिलोपटक हो । यसअघि यही विमानस्थलनजिक ४३ वर्षअघि दुर्घटना भएको थियो । जनवरी, सन् १९८२ मा एयरफ्लोरिडाको बोइङ ७३७ विमान १४ औँ स्ट्रिट ब्रिजमा ठोक्किँदै पोटोम्याक नदीमा खसेको थियो ।
वासिङ्टन नेसनल एयरपोर्ट (हाल रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट) मा विमान उडेको केही समयमा नै दुर्घटना हुन पुगेको थियो । उक्त दुर्घटनामा विमानमा सवार ७८ जनाको मृत्यु भएको थियो भने पुलमा यात्रा गरिरहेका ३ जनाको मृत्यु भएको थियो । पुलमा यात्रा गरिरहेका ७ वटा गाडीमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण