राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई
नवलपुर । गण्डकी प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीप २०८१ (अल्ट्र र्याफ्टिङ म्याराथन) को उपाधि बागमती प्रदेशले जितेको छ ।
गोरखाको गण्डकी गाउँपालिकाको फिस्लिङबाट नवलपुर, तनहुँ र चितवनमा अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटको बेनीसम्म ५० किलोमिटरको दूरी सबैभन्दा चाँडो पार गर्दै बागमती प्रदेशले उपाधि जितेको हो । उसले रु ६० हजार पुरस्कार प्राप्त गरेको छ ।
बुधबार गोरखाबाट हिँडेको प्रतियोगीहरु आज दिउँसो देवघाट आइपुगेका हुन् । प्रतियोगिताको उपविजेता बनेको गण्डकी प्रदेशको समूहले रु ४० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने कोसी प्रदेशको समूहले रु २० हजार, चौथो हुने त्रिभुवन आर्मी ‘बी’ले रु १० हजार तथा सान्त्वना हुने त्रिभुवन आर्मी ‘ए’ले रु सात हजार पुरस्कार हात पारेको प्रतियोगिता संयोजक वसन्तराज दवाडीले जानकारी दिए ।
गण्डकी प्रदेशमा पर्ने मनकामना मन्दिर र देवघाटधामलाई जलपर्यटनमार्फत जोड्ने उद्देश्यले साहसिक प्रतियोगिता गरिएको दवाडीको भनाइ छ । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले प्रतियोगितामार्फत धार्मिक पर्यटनलाई वृद्धि गर्दै आयआर्जन र रोजगारी वृद्धि गर्न सकिने बताए ।
जलमार्गबाट पोखरा र चितवन तथा मनकामना र त्रिवेणीलाई जोड्न सकिने भन्दै उनले यसको तयारीमा आफूहरु जुटेको बताए । खेलकुद बहुआयामिक क्षेत्र भएको भन्दै शर्माले नारायणीमा दौड, पौडी र साइक्लिङ गर्न सकिने धारणा व्यक्त गरे । ‘खेलकुदले कला, संस्कृति र धर्मलाई जोड्न र राष्ट्रिय एकता बलियो बनाउन सहयोग गर्छ’, उनले भने ।
देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले प्रदेशकै धार्मिक पर्यटनको प्रबद्र्धन हुनेगरी प्रतियोगिता गर्नु सराहनीय काम भएको बताए । जलपर्यटन सुस्ताएका बेला यसरी प्रतियोगिता गरिँदा जलपर्यटनलाई चलायमान गराउन सकिने थापाको भनाइ थियो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले यसप्रकारका प्रतियोगिताले खेल र धर्मलाई जोड्न समन्वयकारी भूमिका खेल्ने बताए । ‘धार्मिक क्षेत्रलाई जोडेर खेलकुदका प्रतियोगिता गरिँदा खेलकुदसँगै धार्मिक क्षेत्रको विकासमा मद्दत पुग्छ’, उनले भने, ‘यस खेलले साहसिक खेलको विकास र धार्मिक क्षेत्रको प्रचार गर्न सहयोग पुगेको छ ।
खेल, जीवन र संस्कृतिलाई जोड्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बरालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण