सत्तामा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कृष्णप्रसाद सिटौला

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताएका छन् । शुक्रबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सिटौलाले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताए । उनले कुर्सीमा रहँदा जनता र देशका लागि कति काम गरेँ भन्नेकुराले नै महत्त्वपूर्ण अर्थ राख्ने बताए । उनले केन्द्रीकृत राज्य सञ्चालनको भावना हटाउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि नेपालले नयाँ ढंगले सोच्नुपर्ने बताए । जनतामा जाँदा काम गर्ने संकल्प लिएर जानुपर्ने उनले बताए ।
उनले भने, ‘सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइन । एउटा कुरा उपयुक्त हो । मैले मेरो कुर्सीमा रहँदा, सरकारको नेतृत्व गर्दा, मेरो मन्त्रालयको नेतृत्व गर्दा मैले जिम्मेवारी पाउँदा, देश र जनताको हितमा कति काम गरेँ, स्पष्टसँग जनतालाई भन्नसक्ने आँकडा, हिसाबकिताब रहनै पर्छ ।’
सिटौलाले संविधानको अधिकार प्रयोग गर्न नपाएको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेको बताए । उनले अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको बताए । अहिले पनि केन्द्रीकृत शासन प्रणालीको मानसिकता हाबी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?