युवालाई अभिनेता हमालको सुझाव : उमेर छदै सिप र दक्षता हासिल गर्नू

काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छदै सिप र दक्षता हासिल गर्न युवालाई सुझाएका छन् । हरेक व्यक्तिले आफू पछि कस्तो बन्ने भन्ने विषयमा बेलैमा निर्णय लिनुपर्ने उनको धारणा रहेको थियो ।
गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै उनले उमेर छदै व्यक्तिले आफ्नो सिप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिए । ‘समय परिवर्तनशील भएकोले समयमै परिवारको साथ भएको अवस्थामा आफूले चाहेको देशमा समेत जान सकिन्छ’, उनले थपे । हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत आउने गरेको बताउँदै नेपालमै उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सिपलाई भविष्यमा समाज परिवर्तनको लागि र आफ्नो घर परिवारको उज्ज्वल भविष्यको लागि लाग्नुपर्ने धारणा राखे ।
उनले विदेश जान चाहेमा राम्रोसँग बुझेर आधिकारिक संस्थाबाट मात्र जानको लागि सुझाव दिए । हमाल गोरेटोका ब्राण्डएम्बेसडर पनि हुन् । काठमाडौँको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको गोरेटोको शाखा पोखरामा पनि संचालन गरिएको प्रबन्ध निर्देशक धिरज कँडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन