युवालाई अभिनेता हमालको सुझाव : उमेर छदै सिप र दक्षता हासिल गर्नू
काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छदै सिप र दक्षता हासिल गर्न युवालाई सुझाएका छन् । हरेक व्यक्तिले आफू पछि कस्तो बन्ने भन्ने विषयमा बेलैमा निर्णय लिनुपर्ने उनको धारणा रहेको थियो ।
गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै उनले उमेर छदै व्यक्तिले आफ्नो सिप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिए । ‘समय परिवर्तनशील भएकोले समयमै परिवारको साथ भएको अवस्थामा आफूले चाहेको देशमा समेत जान सकिन्छ’, उनले थपे । हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत आउने गरेको बताउँदै नेपालमै उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सिपलाई भविष्यमा समाज परिवर्तनको लागि र आफ्नो घर परिवारको उज्ज्वल भविष्यको लागि लाग्नुपर्ने धारणा राखे ।
उनले विदेश जान चाहेमा राम्रोसँग बुझेर आधिकारिक संस्थाबाट मात्र जानको लागि सुझाव दिए । हमाल गोरेटोका ब्राण्डएम्बेसडर पनि हुन् । काठमाडौँको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको गोरेटोको शाखा पोखरामा पनि संचालन गरिएको प्रबन्ध निर्देशक धिरज कँडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण