महिला लिग विजेता नेपाल एपीएफ महिला फुटबल खेलाडीहरूलाई सम्मान
शुक्रबार, १८ माघ २०८१, १७ : ५१
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘एन्फा महिला लिग फुटबल–२०२४’ को उपाधि जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियलहरुलाई शुक्रबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लबमा आबद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवि उच्च राख्न खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेका हुन् ।
प्रतियोगितामा नेपाल एपीएफ क्लबका सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, सावित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए ।
यसअघि २०७५ साल, २०७७ साल र २०७९ सालमा समेत नेपाल एपीएफ क्लबका महिला फुटबल टिमले एन्फा महिला लिग फुटबलको उपाधि जित्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण