च्याम्पियन्स लिगको प्लेअफमा रियल र सिटीको भिडन्त पक्का
शुक्रबार, १८ माघ २०८१, १७ : ५६
काठमाडौँ । च्याम्पियन्स लिगको प्लेअफ चरणमा १५ पटकको युरोपियन च्याम्पियन रियल मड्रिडले इंग्लिस महारथी म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ ।
सन् २०२३ को च्याम्पियन्स लिग विजेताले रियललाई ११ वा १२ फेब्रुअरीमा इतिहास स्टेडियममा आतिथ्य गर्नेछ भने त्यसको अर्को हप्ता टोली दोस्रो लेगका लागि स्पेन पुग्नेछ ।
उता, सन् १९६७ को च्याम्पियन सेल्टिकले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ । पहिलो खेल सेल्टिकको घरेलु मैदानमा हुनेछ भने दोस्रो लेग बायर्नको घरेलु मैदानमा खेलिनेछ ।
यस्तो छ ड्रः
ब्रेस्टविरुद्ध पेरिस सेन्ट जर्मेन
क्लब ब्रगविरुद्ध एटलान्टा
म्यानचेस्टर सिटीविरुद्ध रियल मड्रिड
युभेन्टसविरुद्ध पीएसभी आइन्डहोभन
मोनाकोविरुद्ध बेनफिका
स्पोर्टिङविरुद्ध बोरुसिया डर्टमण्ड
सेल्टिकविरुद्ध बायर्न म्युनिख
फेयेनवुडविरुद्ध एसी मिलान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण