मोर्चा बनाउनका लागि दस्ताबेजको ड्राफ्ट तयार गर्ने मधेस केन्द्रित आठ दलको निष्कर्ष
काठमाडौँ । मधेस केन्द्रित आठ दलीय मोर्चाको कार्यदलस्तरीय बैठक बसेको छ । शुक्रबार लोसपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
बैठकले मोर्चा बनाउने कार्यका लागि दस्ताबेजको ड्राफ्ट तयार गर्ने निष्कर्ष निकालेको छ । मोर्चाको नाम, अवधारणा, एजेण्डा र आचारसंहिता लेखनका लागि सदस्यहरूलाई भनिएको छ । छिट्टै ड्राफ्ट तयार गरी कार्यदलको अर्को बैठक गर्ने निर्णय भएको छ ।
बैठकले मधेस केन्द्रित ८ दलीय मोर्चाको नाम, एजेन्डा, आचारसंहिता लगायत बनाउनका लागि तीन सदस्यीय ड्राफ्ट कमिटी गठन गर्ने निर्णय गरेको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । ड्राफ्ट कमिटीले खाका तयार गरेपछि कार्यदलमा छलफल गरेर पारित गर्ने कर्णको भनाई छ । कार्यदलबाट पारित भएपछि मधेस केन्द्रित ८ को शीर्ष तहमा प्रस्तुत गरि आवश्यक निर्णय लिइने कर्णले बताए ।
यसअघि बिहीबार बसेको मधेस केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा शिवजी यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण