ट्रम्प प्रशासनलाई इरानको चेतावनी : ‘परमाणु सुविधामा दख्खल दिए ठूलो युद्ध हुन्छ’
काठमाडौं । इरानी विदेशमन्त्री अब्बास घराघचीले इरानको परमाणु सुविधामा इजरायल वा अमेरिकाले कुनै प्रकारको दख्खल दिए ‘पूर्ण युद्ध हुने’ बताएका छन् ।
कतार यात्राका दौरान उनले इरानी परमाणु सुविधामाथि सैन्य आक्रमण गर्नु अमेरिकाको सबै भन्दा ठूलो ऐनिहासिक गल्ती हुने चेतावनी दिएका हुन् । आफुहरु कुनै पनि आक्रमणको तत्काल तथा निर्णायक जवाफ दिन तयार रहेको र यो क्षेत्रमा पूर्ण रुपमा युद्ध छेडिने विदेशमन्त्री घराघचीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालका दौरान अमेरिकी प्रतिबन्धलाई थप कडा बनाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानका परमाणुस्थलमा आक्रमण गर्ने अनुमति दिन सक्ने भन्दै इरानमा चिन्ता बढेको छ ।
दोहामा रहँदा घराघचीले कतारका प्रधानमन्त्री र विदेशमन्त्री शेख मोहम्मद बिन खब्दुलरहमान बिन जसीम अल थानीसँग भेटघाट गरेर प्रमुख क्षेत्रीय मुद्दामा छलफल गरेको बताएका छन् । भेटघाटका क्रममा गाजा युद्धविरामको मध्यस्तता गर्ने कतारको भूमिकाको स्रहाना गर्दै अब सबै मुद्दा सुल्झिने घराघचीले विश्वास व्यक्त गरेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण