‘बिरामीलाई भ्रममा पार्ने डाक्टरहरू हुन्’ भन्ने पत्रप्रति चिकित्सक संघको आपत्ति
काठमाडौँ । नेपाल फार्मेसी संघद्वारा गत माघ १७ जारी गरिएको ध्यानाकर्षण पत्रको नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ । सो ध्यानाकर्षण पत्रमा ‘बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवार डाक्टरहरू हुन्’ भनेर भनिएको थियो ।
चिकित्सकहरू विरुद्ध भ्रमपूर्ण अभिव्यक्ति दिइएको भन्दै चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अहोरात्र सेवामा खटिने चिकित्सकहरूमाथि लगाइएको यस्तो कपोलकल्पित तथा गम्भीर आरोपले चिकित्सकहरूको आत्मसम्मानमा ठेस पुगेको नेपाल चिकित्सक संघको ठहर रहेको छ ।’
‘वर्षौँको ज्ञान तथा अनुभवबाट दक्षता हासिल गरेका योग्य चिकित्सकहरूको मानमर्दन हुने गरी सार्वजनिक गरिएको यस्तो अपमानजन्य एवं निन्दनीय अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघ गम्भीर आपत्ति व्यक्त गर्दै यस्तो भ्रमपूर्ण अभिव्यक्तिको घोर भर्त्सना गर्दछ,’ तिवारीले भनेका छन् ।
स्वास्थ्य क्षेत्रको समस्या निराकरण गर्न सबै एकजुट हुनुपर्नेमा अरूलाई दोष लगाउनु र कारबाहीको माग गर्नु हास्यास्पद र दुःखद भएको संघको ठहर छ । यसका साथै बिरामीको आवश्यकता अनुसार लेख्न पाउने चिकित्सकको अधिकारमाथि कसैले हस्तक्षेप नगर्न सरोकारवाला सबैलाई यसै विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण