देशको अवस्था यस्तो हुनुमा राजनीतिक दल दोषी : महतो
शनिबार, १९ माघ २०८१, १६ : ०२
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले देशको अवस्था बिग्रनुमा राजनीतिक दल नै जिम्मेवारी रहेको बताएका छन् ।
शनिवार सो पार्टीद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष महतोले देश आर्थिक रूपले जर्जर हुनुका साथै राजनीतिक रूपले अस्थिर रहेको बताए । ‘राज्य र नागरिकबिच मेल छैन, सांस्कृतिक रूपले सबै विभक्त छन् यी सब हुनुको दोष राजनीतिक दललाई जान्छ’ अध्यक्ष महतोले भने ।
उनले अब यो व्यवस्था उल्टाउन राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको समेत बताए । सो कार्यक्रममा एमाले र नागरिक उन्मुक्ति पार्टीलगायत विभिन्न पार्टी परित्याग गरी युवा नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेको सो पार्टीका नेता सन्तोष मेहताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण