हमासले तीन इजरायली बन्धकहरूलाई रिहा गरेको बदलामा १८३ प्यालेस्टिनी पनि छुटे
एजेन्सी । शनिबार प्यालेस्टिनी समूह हमासले गाजामा युद्धविराम सम्झौताअनुसार थप तीन इजरायली बन्धकहरूलाई रिहा गरेको छ। रिहा हुनेमा ३४ वर्षीय यार्डेन बिबास, ५३ वर्षीय ओफर काल्डेरोन र ६५ वर्षीय किथ सिगेल छन्।
यी तीन जनालाई हमासले रेडक्रसलाई हस्तान्तरण गरेको बीबीसीले जनाएको छ। यसको बदलमा इजरायली जेलमा रहेका १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ। इजरायली बन्धकहरूको रिहाइपछि यी कैदीहरूलाई इजरायलद्वारा कब्जा गरिएको पश्चिम किनार र गाजा पट्टीमा रिहा गरिएको समाचारमा उल्लेख छ ।
गत जनवरी १९ मा हमास र इजरायलबीच भएको युद्धविराम अन्तर्गत उनीहरूलाई रिहा गरिएको हो । यस सम्झौता अन्तर्गत छ हप्ताको पहिलो चरणमा हमासबाट कुल ३३ जना बन्धकहरूलाई रिहा गरिनेछ।
युद्धविराम लागू भएदेखि अहिलेसम्म १८ जना इजरायली बन्धकहरू मुक्त भएका छन् । हमासको हिरासतमा ७९ जना बन्धक रहेको विश्वास गरिन्छ। यद्यपि तीमध्ये ४५ जना मात्र जीवित रहेको बताइन्छ ।
बाँकी बन्धकहरूलाई युद्धविरामको दोस्रो चरणमा रिहा गरिने जनाइएको छ । त्यसपछि तेस्रो चरणको समयमा मृत्यु भएका बन्धकहरूको शव वा अवशेषहरू इजरायललाई हस्तान्तरण गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण