भारतीय सेनाको कारबाहीमा आठ नक्सलवादी विद्रोहीको मृत्यु
रायपुर । मध्य भारतको घना जङ्गलमा भारतीय कमाण्डोले शनिबार चलाएको कारबाहीमा कम्तीमा आठ नक्सलवादी विद्रोहीको गोली लागि मृत्यु भएको छ । सीमान्तकृत आदिवासीको अधिकारका लागि दशकौँ लामो युद्ध लडिरहेका नक्सलवादी आन्दोलनका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिबार बिहानैदेखि सशस्त्र झडप भएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । उच्च प्रहरी अधिकारी सुन्दरराज पी ले एएफपीसँग भने– ‘भीषण गोली हानाहानपछि आज बीजापुर जिल्लाको जङ्गलबाट आठ जना माओवादीको शव फेला परेको छ ।’
विद्रोहीको साथबाट एउटा ग्रेनेड लन्चर र राइफलसमेत अन्य हतियार बरामद गरिएको र खोजी कार्य जारी रहेको उनले बताए । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ को सुरक्षा फौजको कारबाहीमा करिब २८७ विद्रोही मारिएका छन्।
भारतका गृहमन्त्री अमित शाहले गत वर्ष सरकारले सन् २०२६ सम्ममा नक्सलवादी विद्रोहलाई पूर्णरूपमा निस्तेज पार्ने बताए । माओवादीले स्थानीय बासिन्दाका लागि जमिन, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको छ ।
उनीहरूले भारतको पूर्व र दक्षिणका धेरै दुर्गम समुदायहरूमा प्रभाव जमाएको छ । सन् २००० को दशकको सुरुसम्म आन्दोलनका शक्ति र सङ्ख्या दुवैमा वृद्धि भएको थियो । त्यसपछि नयाँ दिल्लीले ‘रेड करिडोर’ भनिने उक्त क्षेत्रमा दशौँ हजार सैनिक तैनाथ ग¥यो र यसले आन्दोलनलाई निरन्तर क्षति पुगेको छ ।
यस द्वन्द्वमा सरकारी फौजमाथि कैयौँ घातक आक्रमणहरू पनि भएका छन्। गत महिना सडक छेउमा भएको बम विस्फोटमा परी कम्तीमा नौ भारतीय सैनिकको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण