मेजर जनरल इयाल जामिरलाई नेतन्याहूले बनाए सेना प्रमुख
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मेजर जनरल इयाल जामिरलाई इजरायली सेनाको नयाँ प्रमुख नियुक्त गरेका छन् । सामाजिक सञ्जालमा सेयर गरिएको पोस्टमा नेतान्याहूले यो जानकारी दिएका हुन् ।
जामिर इजरायली सेनाको २४ औँ प्रमुख हुनेछन् । उनले लेफ्टिनेन्ट जनरल हर्जी हालेवीको स्थानमा नियुक्त हुनेछन् । हालेवीले गत महिना आफ्नो पदबाट राजीनामा दिएका थिए । जामिरले मार्च ६ देखि इजरायली रक्षा बल (आईडीएफ)का प्रमुखको रूपमा कार्यभार सम्हाल्नेछन् ।
इजरायली मिडियाका अनुसार इजरायल र हमासबीच युद्धविराम भएपछि जनरल हालेवीले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए । २०२३ का अक्टोबर ७ मा हमासको आक्रमणमा लापरवाही स्वीकार गर्दै जनरल हालेवीले आफ्नो पदबाट राजीनामा दिए ।
नयाँ सेना प्रमुख नियुक्त भएकोमा हालेवीले जमिरलाई बधाई दिएकाछन् । मेजर जनरल अमिर बाराम र मेजर जनरल तमिर यादाईको नाम आईडीएफ प्रमुख बन्ने दौडमा थप दुई जना उम्मेदवारमा सुनिएको थियो । तर नेतन्याहुले जामिरमाथि विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण