गण्डकीको हिउँदे अधिवेशन आजदेखि, के छन् कार्यसूची ?
सोमबार, २१ माघ २०८१, ०९ : २४
पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिसमा आज दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेका हुन् । बर्खे अधिवेशन गत असोज ८ गते सकिएको थियो ।
अधिवेशनको पहिलो दिनको बैठकको कार्यसूची आइतबार नै तयार भैसकेको छ । सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । त्यसपछि प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश सदनमा टेबुल गर्नेछन् ।
अन्तिममा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक समापन हुने सचिव हरिराज पोख्रेलले जानकारी दिए । अर्को बैठक माघ ३० गतेका लागि डाक्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण