करिब दुई महिनाको अवधिमा सङ्घीय संसद्मा ९ विधेयक दर्ता
काठमाडौँ । सरकारले करिब दुई महिनाको अवधिमा विभिन्न ९ वटा नयाँ विधेयक सङ्घीय संसद्मा दर्ता गराएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार पुस १ देखि माघ २१ गते सम्म आइपुग्दा सरकारले उक्त सङ्ख्यामा विधेयक दर्ता गराएको हो । सचिवालयका अनुसार यस अवधिमा प्रतिनिधिसभा अन्तर्गत ६ र राष्ट्रियसभामा तीन नयाँ विधेयक दर्ता भएका छन् ।
संसद्को हिउँदे अधिवेशन यहीँ माघ १८ बाट सुरु भएको छ । यस हिउँदे अधिवेशनलाई बढी उपयोगी र प्रभावकारी बनाउन धेरैभन्दा धेरै बिजनेस दिने तयारी सरकारको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशनका लागि सरकारले पुस १ गते राष्ट्रिय सभामा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दर्ता गरेको थियो । यसबाहेक राष्ट्रिय सभामै सरकारले पुस २३ मा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ र माघ १५ मा सामाजिक सञ्जाल विधेयक, २०८१ दर्ता गराएको छ ।
यस्तै सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा माघ १५ गते एकसाथ तीन वटा विधेयक सरकारले दर्ता गराएको छ । जसमा नेपाल प्रहरी विधेयक,२०८१‚ सशस्त्र प्रहरी बल, नेपाल विधेयक,२०८१ र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ रहेको छ ।
सचिवालयका अनुसार यसबाहेक माघ १९ गते एकसाथ दुई विधेयक दर्ता भएका छन् । जसमा नागरिक उड्डयन प्राधिकरण टुक्राउने एकसाथ विधेयक दर्ता भएका हुन् । नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक र नियामकीय निकायको भूमिका खेल्दै आएको छ ।
त्यो अधिकार कटौती गर्दै प्राधिकरण टुक्राउने गरी सरकारले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रतिनिधि सभामा दर्ता गराएको हो । यस्तै सरकारले माघ २० गते प्रतिनिधिसभामा निकासी पैठारी (नियमन) विधेयक, २०८१ पनि दर्ता गराएको छ ।
नयाँ विधेयक बाहेक सरकारले ६ वटा अध्यादेशलाई समेत प्रतिस्थापन विधेयक बनाएर संसदमा प्रस्तुत गरेको छ । माघ २४ मा बस्ने प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण