संघीयता कार्यान्वयनमा अझै पनि केन्द्रिकृत र सामन्ती मानसिकता हावी छ : शर्मा
सोमबार, २१ माघ २०८१, १६ : ०२
सुर्खेत । कर्णालीको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले संघीयता कार्यान्वयनमा अझै पनि केन्द्रिकृत र सामन्ती मानसिकता हावी भएको बताएका छन् । यस्तो खालको मानसिकताले संघीयता कार्यान्वयनमा जटिलता पैदा गरेको उनको भनाइ छ ।
‘त्यसका विरुद्धमा प्रदेश तहबाट लिनुपर्ने हाम्रा पहलकदमीहरु जसरी हुनुपर्थ्याे त्यो हुन सकेका छैनन्,’ सोमबार प्रदेश सभाको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘त्यस कारण हामी जटिलतामा छौँ ।’
प्रदेश सरकारको कामै छैन भनेर एकथरी तत्त्व लागिरहेको बताउँदै शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्यायका लागि साझा प्रतिबद्धतासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । साथै प्रदेशसभाले जनतासँगको सहकार्यलाई व्यवस्थित गर्न नसकेको टिप्पणी उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण