८ दलीय मोर्चाको कार्यदलमा नाउपाले राख्यो आफ्नो एजेन्डा
सोमबार, २१ माघ २०८१, १७ : ०९
काठमाडौँ । मधेस केन्द्रित ८ दलीय मोर्चाको कार्यदलमा नागरिक उन्मुक्ति पार्टी ( नाउपा )ले आफ्नो एजेन्डाबारे जानकारी गराएको छ ।
सिंहदरबारमा सोमबार बसेको कार्यदल बैठकमा नागरिक उन्मुक्तिले टिकापुर घटनामा राज्य पूर्वाग्रही देखिएको र झुटा मुद्दा लगाउने काम भएको विषय विषय मोर्चाको एजेन्डामा राख्न अनुरोध गरेको थियो ।
त्यस्तै लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि मोर्चाले आफ्नो एजेन्डा बनाउन आग्रह गरिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले जानकारी दिए ।
बैठकमा अध्यादेशको विषय, मोर्चाको नाम लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।
मधेस केन्द्रित ८ राजनीतिक दलले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण