पाँच महिनामा ४० लाखको मह बिक्री
रुकुमपश्चिम । मह बिक्रीबाट यस वर्ष रुकुमपश्चिमका किसानले रु ४० लाख आम्दानी गरेका छन् । गत साउन १ देखि पुस मसान्तसम्ममा चार मेट्रिकटन मह उत्पादन गरी बिक्री गरेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी लालबहादुर भण्डारीले जानकारी दिए ।
उनकाअनुसार मह प्रतिकिलो रु एक हजारदेखि एक हजार दुई सय सयसम्म बिक्री हुने गरेको छ । सबैभन्दा बढी मह बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा उत्पादन हुने गरेको छ । सानीभेरी, त्रिवेणी गाउँपालिका तथा मुसिकोट र चौरजहारी नगरपालिकामा पनि मह उत्पादन हुने गरेको छ ।
जिल्लाभर एक सय ५० देखि दुई सय किसानले मौरीपालन गर्दै आएका छन् । केही किसानले घरका लागि मात्र प्रयोग हुने मह उत्पादन गरे पनि एक सय ५० बढी किसानले व्यावसायिक मौरीपालन गर्दै आएका छन् ।
जिल्लामा उत्पादन भएको मह स्थानीय बजार खलङ्गा, सोलावाङ, चौरजहारी तथा जिल्ला बाहिर सुर्खेत, दाङ, नेपालगन्ज काठमाडौँसम्म मह बिक्री हुने गरेको छ । सिजनमा मह बिक्रीबाट प्रत्येक किसानले रु पाँच हजारदेखि तीन लाखसम्म आम्दानी गर्ने कृषि विकास कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण