ट्रम्प र चिनियाँ राष्ट्रपतिबिच अतिरिक्त महसुलबारे छलफल होला ?
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कुरा गर्न सक्ने बताइएको छ । यो कुराकानी आगामी २४ घण्टामा हुन सक्ने भन्दै बीबीसीले समाचार छापेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्यूजलाई यो जानकारी दिएको समाचारमा बताइएको छ ।
ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाएका छन् । कुराकानीमा ट्रम्पले चीनमाथि लगाइएको करको बारेमा सीसँग चर्चा गर्न सक्ने बुझिएको छ ।
ट्रम्पले चीनबाट अमेरिका भित्रिने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन् । यो शुल्क मंगलबारदेखि लागू हुँदैछ ।
चीनले अमेरिकाको यो कदमविरुद्ध विश्व व्यापार संगठन (डब्ल्यूटीओ)मा मुद्दा दायर गर्न सक्ने बताइएको छ । अमेरिकाले मेक्सिको र क्यानडामाथि पनि २५/२५ प्रतिशत र चीनमाथि १० प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको थियो । मेक्सिको र क्यानडाले पनि अमेरिकी सामानमा कर लगाउने घोषणा गरेपछि यी दुई देशमाथि लगाइएको अतिरिक्त महसुललाई ट्रम्पले एक महिनाको लागि स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण