एल साल्भाडोर पुगे मार्क रुबियो

सान साल्भाडोर । अमेरिकी विदेश मन्त्री मार्क रुबियो एल–साल्भाडोर पुगेका छन् । अवैध आप्रवासीको प्रवाह रोक्न र अन्य रणनीतिक मामिलाहरूलाई सम्बोधन गर्न सोमबार रुबियो त्यता पुगेका हुन् ।
अमेरिकाको विदेशी सहायता हेर्ने नियोगको पुनःसंरचनाबीच कंग्रेसमा डेमोक्रेट्स र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबिच चर्काचर्की भइरहेकै समयमा रुबियो एल साल्भाडोर गएका हुन् ।
एल सल्भाडोरका राष्ट्रपति नईब बुकेले ट्रम्पका नीतिको कडा समर्थक हुन् । अमेरिकामा अवैध रूपमा बसोबास गर्ने एल साल्भाडोरका नागरिकहरूलाई फिर्ता लैजान बुकेले सहमत भए भने यो ट्रम्पको अवैध आप्रवासी विरोधी नीतिको लागि ठुलो विजय हुनेछ । समाचार एजेन्सी रोयटर्सका अनुसार एल साल्भाडोरले अमेरिकामा जेलमा रहेका आफ्ना नागरिकहरूलाई फिर्ता लैजान पनि सहमति जनाएको छ ।
‘कुनै पनि देशले मित्रताको यस्तो उदाहरण अहिलेसम्म स्थापित गरेको छैन । हामी धेरै आभारी छौँ । मैले यसबारे राष्ट्रपति ट्रम्पसँग पनि कुरा गरेको छु ।’ बुकेलेको प्रस्तावप्रति रुबियोले भनेका छन् । आफू यूएसएडको कार्यकारी प्रशासक भएको मार्क रुबियोले एल साल्भाडोरमा भनेका छन् । आफू बाहिर भएकोले आफ्नो अधिकार अर्को अधिकारीलाई सुम्पिएको पनि उनले बताए । यूएसएडले विदेशी सहायता अमेरिकाको राष्ट्रिय रुचीअनुसार कदम चाल्नु पर्ने र विदेश मन्त्रालयले दिएको नीतिगत निर्देशन पालना गर्नु पर्ने उनको भनाइ थियो ।