प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरेर ठगी गर्नेहरू फन्दामा
मङ्गलबार, २२ माघ २०८१, १४ : ०९
काठमाडौँ । प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गरी साइबर ब्युरोको फेक इमेल बनाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादव रहेका छन् ।
उनीहरूले पीडितहरूलाई डर त्रासमा पारी रकम माग गरेर ठगी गरेको निवेदनका आधारमा अनुसन्धान गर्दा संलग्नता खुलेसँगै पक्राउ गरिएको ब्युरोले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेर काठमाडौँ ल्याइ अदालतबाट ७ दिनको म्याद दिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलको मूल्य स्थिर
-
नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण