प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरेर ठगी गर्नेहरू फन्दामा
मङ्गलबार, २२ माघ २०८१, १४ : ०९

काठमाडौँ । प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गरी साइबर ब्युरोको फेक इमेल बनाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादव रहेका छन् ।
उनीहरूले पीडितहरूलाई डर त्रासमा पारी रकम माग गरेर ठगी गरेको निवेदनका आधारमा अनुसन्धान गर्दा संलग्नता खुलेसँगै पक्राउ गरिएको ब्युरोले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरेर काठमाडौँ ल्याइ अदालतबाट ७ दिनको म्याद दिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो वर्षको पोखरा म्याराथन पनि केन्याली धावककै कब्जामा
-
मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोली च्याम्पियन, तस्बिरहरू
-
ग्रहणले लुकाएको सूर्य र सियोको डोब
-
हाम्रो कारणले ओलीको अध्यादेश थन्कियो : माधव नेपाल
-
सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्यायो : खनाल
-
मस्कको १३ औँ सन्तानको आमा भएको सोसल मिडिया इन्फ्लुएन्सरको दाबी