नेपाल शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठनबिच सात बुँदे सहमति
काठमाडौँ । नेपाल शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठनबिच सात बुँदे सहमति भएको छ । महासंघको वार्ता समिति र संगठनको वार्ता समितिबिच सात बुँदे सहमति भएको हो ।
सहमतिसँगै महासङ्घमा रहेको राष्ट्रिय महाधिवेशन सम्बन्धी विवाद निरूपण भएको छ । सहमति अनुसार आगामी फागुन ५ गते महासंघले बृहत् भेला आयोजना गरी महासंघको राष्ट्रिय समितिको पूर्णताको घोषणा गरिनेछ ।
सङ्गठनका महासचिव तथा वार्ता समिति संयोजक हंसबहादुर शाहीले फागुन ५ गतेको कार्यक्रममा सार्वजनिक भएका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै परिमार्जन गरिने बताए ।
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फागुन ५ गतेको कार्यक्रम व्यवस्थापनको लागि सार्वजनिक भएका आन्दोलनमा कार्यक्रममा केही परिमार्जन गरी सार्वजनिक गरिएको र सोहीअनुसार गर्न सबैमा अनुरोध गरे ।
महासंघको गत वैशाख १० गते दोस्रो महाधिवेशन सम्पन्न भएको थियो । संगठनले भने उक्त महाधिवेशन बहिष्कार गरेको थियो । सङ्गठनले विभिन्न विषयमा असहमति जनाउँदै महाधिवेशन बहिष्कार गरेको थियो ।
असहमतिका बुँदाहरूमा सहमति खोज्न वार्ता समिति गठन गरिएको थियो । दुवै पक्षबाट बनेका वार्ता समितिले सात बुँदे सहमति गरेका हुन् । सहमतिसँगै आगामी दिनमा नेपालको सार्वजनिक शिक्षाको आमूल सुधार र विद्यालय पेसाकर्मीहरूको हकहित संरक्षणमा एकताबद्ध भई अग्रणी भूमिकामा रहनु अपरिहार्यता महसुस गरिएको महासचिव शाहीले बताए ।
महासंघ राष्ट्रिय समितिको पूर्णतासहितको घोषणासभा गरिने र त्यही बेला विगतको आन्दोलनको समीक्षा समेत गरिने उनको भनाइ छ । सहमतिअनुसार आन्दोलनका कार्यक्रम समेत परिमार्जन गरिएका छन् । परिमार्जित कार्यक्रम अनुसार स्थानीय तहमा फागुन ६ गते पालिकामा ध्यानाकर्षण पत्र बुझाउने र आन्दोलन परिचालन समिति गठन गरिनेछ ।
फागुन ८ गते हरेक विद्यालयमा अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम गर्ने कार्य तालिका बनेको छ ।
त्यस्तै जिल्ला र प्रदेशस्तरमा फागुन ९ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा र सात वटै प्रदेशका मुख्यमन्त्री/सामाजिक विकास मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने र कालोपट्टी सहित बृहत् जुलुस सभा गर्ने र आन्दोलन परिचालन समिति गठन गरिनेछ । बाँकी आन्दोलनका कार्यक्रमका फागुन ५ गते हुने पूर्ण घोषणा सभाबाट सार्वजनिक गरिने शाहीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण