चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
काठमाडौँ । चलचित्र विकास बोर्डले आज चलचित्र विकास बोर्डको नवरस कक्षमा एक कार्यक्रम गर्दै चलचित्रसँग सम्बन्धी अध्ययन, अनुसन्धान एवम् विद्धत वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तर गरे । अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहको विद्यार्थीहरूको छात्रवृत्ति ओस्कार इन्टरनेशनल कलेजको संयोजक नवनिधि दाहाल,नेपाल फिल्म क्याम्पस तथा नेपाल सङ्गीत विद्यालयको तर्फबाट प्रिन्सिपल शिशिर उप्रेतीलाई प्रदान गरे ।
विद्यार्थीहरूको छात्रवृत्तिको कार्यक्रम २०६१ सालबाट सुरु भए पनि यो वर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था भएको हो ।
यसअघि विद्यावारिधिमा दुई जना, स्नातकमा १० जना र सर्ट कोर्ष २ जनालाई छात्रवृत्ति दिने गरिएको भएता पनि यस वर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिक तर्फ ५ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण