स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी ऐनको दफा २२ बमोजिम नियुक्ति गर्नुपर्ने भएकोले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा (१) बमोजिम दरखास्त आव्हान भएको हो ।
योग्यता पुगेका उम्मेदवारले तपसिल बमोजिमको आवश्यक विवरण संलग्न गरी दश दिन भित्र यस मन्त्रालयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
सरकारी निकाय वा संस्थागत सेवारत आवेदकको हकमा दरखास्तसाथ सेवारत निकायबाट स्वीकृति प्रदान गरिएको पूर्वस्वीकृति अनिवार्य पेस गर्नुपर्ने सर्त राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण