भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने

धनगढी । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका छन् ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने जनाएका हुन् । मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् ।
उनले भने, ‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौ । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्दछु ।’
यसैबिच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीलाई आज फेरि निरङ्कुश र स्वेच्छाचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद् छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे ।
उनले स्थिर सरकार र संविधान संशोधनको लागि कांग्रेस र एमाले मिलेको भनी ती दलहरूले जनतासँग झुटो बोलेको समेत टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन