विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्ने २७ वर्षीया हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका-२ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोती नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-३२ बस्ने ३५ वर्षीय दीपेश महतो रहेका छन् ।
पक्राउ मध्ये हिमकलाले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रुपैयाँ, बलरामले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ र दीपेशले मलेसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । हिमकला र बलरामलाई काठमाडौँ टेकुबाट बुधबार तथा दीपेशलाई काठमाडौँ टेकुबाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये हिमकला र बलरामलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ तथा दीपेशलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण