ट्रम्पको धम्कीपछि मेक्सिकोले सीमामा खटायो १० हजार सेना
मेक्सिको सिटी । मेक्सिकोले अमेरिकासँगको आफ्नो सीमामा १० हजार सेना खटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने धम्की दिएपछि उत्तरी सीमामा त्यहाँको सरकारले राष्ट्रिय सुरक्षाकर्मी र सेना पचिालन गरेको हो ।
यसैक्रममा बुधबार सीमामा १० हजार सेना पठाइएको छ । यिनीहरूलाई टेक्सासको सिउड्याड जुआरेज र अल पासोसँग जोडिएको सीमामा खटाइएको छ । यिनीहरूले अमेरिका छिर्न सीमामा प्रयोग भइरहेका भ¥याङ, डोरीहरू खोजी खोजी थेतेर ट्रकमा हालिरहेका छन् ।
तिजुआना नजिक सीमाका केही हिस्सामा पनि सेनाको गस्ती देखिएको थियो । सीमाबाट अवैध आप्रवासी प्रवेशलाई लिएर ट्रम्पले मेक्सिकोबाट आउने सामानमा कहिले अतिरिक्त महसुल लगाउने त कहिले एक महिनाको लागि महसुल स्थगन गर्ने जस्ता नाटकीय घटनाक्रमबीच मेक्सिकोले यो कदम चालेको हो ।
ट्रम्पले एक महीनाका लागि अतिरिक्त महसुल स्थगित गरेको बदलामा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबमले सीमामा अमेरिकातफ अवैध आप्रवासी र फेन्टालिनको तस्करी रोक्न सीमामा सेना पचिालन गर्ने वाचा गरेकी थिइन् । ट्रम्पले सीमामा आपतकाल लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण