चन्द्रमामा ‘रोबोट’ उडाउँदैछ चीन ?
बेइजिङ । पछिल्लो समय चीन कयौँ क्षेत्रमा अगाडि छ । एआई दौडमा अमेरिकालाई चुनौती दिएको केही दिनमै चीनले चन्द्रमाको लागि ठुलो योजना बनाइरहेको छ ।
चीनले अर्को वर्ष चन्द्रमाको सुदूरको भागमा उड्ने रोबोट पठाउने योजना बनाएको छ । यसले चन्द्रमामा जमेको पानीको खोजी गर्ने बताइएको छ । यो योजनामा चीन सफल भयो भने, यो भविष्यमा चन्द्रमाको अन्वेषणको लागि महत्त्वपूर्ण हुन सक्नेछ ।
उड्ने यो ‘फ्लाइङ डिटेक्टर’लाई चाङ’ई–७ मिसनको एक हिस्साको रूपमा चन्द्रमाको दक्षिणी ध्रुवमा पठाइनेछ । यो मिसनमा चीनले आगामी पाँच वर्षमा चन्द्रमामा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य राखेको छ ।
अमेरिकालगायत अन्य देशहरूसँग मिलेर अन्तरिक्षमा प्रमुख ‘प्लेयर’ बन्ने प्रयासमा चीन छ । वैज्ञानिक दृष्टिकोणबाट यो चीनको लागि फाइदाजनक त छ नै, स्रोतसाधन र राष्ट्रिय सुरक्षाको लागि पनि यो उत्तिकै महत्त्वपूर्ण छ । तर, चन्द्रमामा पानी भेटिनु कुनै नयाँ कुरा होइन। गत वर्ष, चाङुए–५ मिसन अन्तर्गत, चिनियाँ वैज्ञानिकहरूले चन्द्रमाको माटोमा पानी भएको पत्ता लगाएका थिए ।
यसअघि अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र भारतीय अन्तरिक्ष यानले पनि चन्द्रमामा पानी रहेको दाबी गरिसकेका छन् । चन्द्रमाको टाढाको सतहमा रहेका खाल्डाहरूमा बरफ भएको र यो भविष्यका मिसनहरूमा पानीको स्रोत बन्न सक्ने वैज्ञानिकहरूको विश्वास छ ।
चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा आधार निर्माण गर्ने तयारी गरिरहेको छ । चिनियाँ अन्तरिक्ष विज्ञहरूका अनुसार त्यहाँ रहेका गहिरो खाडलहरूमा पानीको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण