दक्षिण कोरियामा विमानस्थलहरूलाई ‘वर्ड डिटेक्शन’ क्यामरा जडान गर्न आदेश

सोल । दक्षिण कोरियामा सबै विमानस्थलले अब ‘वर्ड डिटेक्शन’ क्यामरा जडान गर्नुपर्ने छ । गएको वर्ष डिसेम्बरमा १७९ जनाको ज्यान जानेगरी भएको भयानक विमान दुर्घटनापछि देशभरका सबै विमानस्थलमा ‘वर्ड डिटेक्शन’ क्यामरा र थर्मल इमेजिङ रडान जडान अनिवार्य भएको छ ।
यो नियम २०२६ देखि लागू हुनेछ । उक्त घटनामा दुघर्टनामा परेको बोइङ ७३७–८०० विमानमा चराको प्वाँख र रगतको धब्बा भेटिएको अनुसन्धाताहरूले गएको हप्ता फेला पारेका थिए । दुघर्टनाबारे अनुसन्धान अहिले पनि जारी छ ।
अनुसन्धान चराको ठक्कर र धावनमार्गको सामुन्ने रहेको पक्की पर्खालमा केन्द्रित छ । आकस्मिक अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पक्की पर्खालमा ठोक्किएको थियो ।
‘देशका सबै विमानस्थलमा अगाडि नै चरा देखियोस् र विमानहरूको प्रतिक्रिया क्षमतामा सुधार गर्न वर्ड डिटेक्शन क्यामरा जडान गर्नुपर्ने भूमि मन्त्रीले बिहीबार एउटा विज्ञप्तिमा भनेका छन् । यसले चराको आकार, उनीहरू उडिरहेको दिशा पत्ता लगाएर हवाई ट्राफिक नियन्त्रकलाई यसको जानकारी पठाइदिन्छ । हरेक विमानस्थलले कम्तीमा एउटा यस्तो उपकरण जडान गर्नु पर्ने मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला