दक्षिण कोरियामा विमानस्थलहरूलाई ‘वर्ड डिटेक्शन’ क्यामरा जडान गर्न आदेश
सोल । दक्षिण कोरियामा सबै विमानस्थलले अब ‘वर्ड डिटेक्शन’ क्यामरा जडान गर्नुपर्ने छ । गएको वर्ष डिसेम्बरमा १७९ जनाको ज्यान जानेगरी भएको भयानक विमान दुर्घटनापछि देशभरका सबै विमानस्थलमा ‘वर्ड डिटेक्शन’ क्यामरा र थर्मल इमेजिङ रडान जडान अनिवार्य भएको छ ।
यो नियम २०२६ देखि लागू हुनेछ । उक्त घटनामा दुघर्टनामा परेको बोइङ ७३७–८०० विमानमा चराको प्वाँख र रगतको धब्बा भेटिएको अनुसन्धाताहरूले गएको हप्ता फेला पारेका थिए । दुघर्टनाबारे अनुसन्धान अहिले पनि जारी छ ।
अनुसन्धान चराको ठक्कर र धावनमार्गको सामुन्ने रहेको पक्की पर्खालमा केन्द्रित छ । आकस्मिक अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पक्की पर्खालमा ठोक्किएको थियो ।
‘देशका सबै विमानस्थलमा अगाडि नै चरा देखियोस् र विमानहरूको प्रतिक्रिया क्षमतामा सुधार गर्न वर्ड डिटेक्शन क्यामरा जडान गर्नुपर्ने भूमि मन्त्रीले बिहीबार एउटा विज्ञप्तिमा भनेका छन् । यसले चराको आकार, उनीहरू उडिरहेको दिशा पत्ता लगाएर हवाई ट्राफिक नियन्त्रकलाई यसको जानकारी पठाइदिन्छ । हरेक विमानस्थलले कम्तीमा एउटा यस्तो उपकरण जडान गर्नु पर्ने मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण