बक्स अफिसमा पूर्ण रूपमा फ्लप भयो शाहिदको 'देवा'
भारत । शाहिद कपुरको फिल्म 'देवा' बक्स अफिसमा पूर्ण रूपमा फ्लप भएको छ।
बलिउडका फ्यानले यो फिल्मबाट धेरै अपेक्षा गरे पनि पहिलो र दोस्रो दिनको कलेक्सनपछि यस फिल्मको कमाइ निकै घट्न थालेको छ। फिल्म रिलिज भएको सात दिन बितिसक्दा 'देवा'ले आफ्नो बजेटको आधा रकम मात्र उठाउन सकेको देखिएको छ।
‘देवा’ मा शाहिद कपुरसँगै पूजा हेगडे, पावेल गुलाटी र गिरीश कुलकर्णी महत्वपूर्ण भूमिकामा छन् । फिल्ममा शाहिदले पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन्। फिल्ममा पूजाले पत्रकारको भूमिका निभाएकी छिन् ।
सातौं दिन साँझसम्म फिल्मले जम्मा ७० लाख मात्र भारु कलेक्सन गरेको छ । अर्थात् फिल्मको कुल कलेक्सन २७ दशमलव ३५ करोड भारु पुगेको छ ।
भारतीय बक्स अफिसको रिपोर्टअनुसार 'देवा'ले पहिलो दिन ५.५ करोड, दोस्रो दिन ६.४ करोड, तेस्रो दिन ७.२५ करोड, चौथो दिन २.७५ करोड, पाँचौँ दिन २.४ करोड र छैटौं दिन २.३५ करोडको व्यापार गरेको छ । अर्थात् फिल्मको कमाइ दैनिक घट्दै गइरहेको छ।
५० करोड भारुमा बनेको यो फिल्मलाई रोशन आन्द्रेसले निर्देशन गरेका हुन्। यद्यपि, फिल्म निर्माता सिद्धार्थ रोय कपुरले भने 'देवा' आफ्नो लगानी पूर्ण रूपमा उठाउने बताइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण