अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
फाप्ला । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत घोडाघोडी–११ सुखडले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई एक विकेटले पराजित गरेको छ ।
समूह ‘ए’ को लिग चरणको अन्तिम खेलमा सुखडसँग पराजित भए पनि डडेल्धुरा अङ्कतालिकाको शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । तीन खेल खेलेको डडेल्धुराको दुईमा जितका साथ चार अङ्क छ । समान तीन खेलबाट चार अङ्क जोडेको डिसिए धनगढी रनरेटको आधारमा पछि छ ।
प्रतियोगिताबाट बाहिरिसकेको सुखडले आज सान्त्वना जित निकाल्यो । डडेल्धुराले जितका लागि दिएको १२५ रनको लक्ष्य सुखडले १९.४ ओभरमा नौ विकेटको क्षतिमा भेट्टायो । जसमा आयुव चन्दले ३३, योगेश भाटले २० तथा कप्तान शेर मल्ल र टेक रावतले २०/२० रनको योगदान दिए । बलिङतर्फ डडेल्धुराका हेमन्त धामीले तीन, अभिषेश गौतमले दुई तथा कुशल भुर्तेल, गजेन्द्र बोहरा र कैलाश ऐरले एक÷एक विकेट लिए ।
यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२४ रन बनायो । उसका लागि विनोद भण्डारीले अर्धशतकीय पारि खेल्दै ५६ रन जोडे । यस्तै, कुशल भुर्तेलले १३, आयुशमान बमले ११ र गजेन्द्र बोहराले १० रन बनाए । बलिङतर्फ सुखडका लागि ‘म्यान अफ दी म्याच’ समेत भएका नरेन साउदले चार विकेट लिए ।
अर्जुन खड्काको सम्झनामा आयोजना गरिएको प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०÷५० हजार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण