चलचित्र विकास बोर्ड मधेसमा पटकथा लेखन सिकाउने
काठमाडौँ । चलचित्र विकास बोर्डले फागुन १३ देखि १५ गतेसम्म मधेसमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० युवाहरूको सहभागिता रहनेछ ।
समावेशी सिद्धान्तका आधारमा मधेस प्रदेशका ८ जिल्लाबाट प्रशिक्षार्थीहरूको छनोटका लागि बोर्डले बिहीबार सातदिने आवेदन आह्वान गरेको छ । बोर्डको वेभसाइटबाट भर्न सकिनेछ ।
युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान सीप प्रदान गरी मधेसको मौलिक एवं यथार्थपरक कथा फिल्ममा उजार गर्न तालिम सञ्चालन गर्न लागिएको अध्यक्ष दिनेश डिसीले बताए ।
अध्यक्ष डिसीका अनुसार मधेसको चलचित्रकर्मलाई राष्ट्रिय मूलधारसँग जोड्ने, मातृभाषा चलचित्रको प्रवर्द्धन तथा मधेसका चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित यस वर्ष बोर्डले मधेसमा चलचित्र सम्बन्धी विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यसै अभियान अन्तर्गत पटकथा लेखन तालिम सञ्चालन गर्न लागिएको अध्यक्ष डिसीले जानकारी दिए ।
तालिम संयोजक एवं बोर्ड सदस्य केएल बुढाथोकीका अनुसार तालिमकै क्रममा प्रशिक्षार्थीहरूबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्ययमबाट प्रस्तुतीकरणका लागि पहल गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण