अमेरिका भ्रमणमा नेतन्याहुले ट्रम्पलाई दिएका थिए सुनौलो पेजर
शुक्रबार, २५ माघ २०८१, १४ : ३७
वासिङटन डीसी । हालैको अमेरिका भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सुनौलो रंगको पेजर उपहार दिएका छन् । नेतन्याहुको कार्यालयले बताएअनुसार सुनौलो पेजरले युद्धमा ‘टर्निङ प्वाइन्ट’को प्रतिनिधित्व गरेको छ ।
इजरायलले २०२४ को सेप्टेम्बरमा हेजबुल्लाहविरुद्ध घातक कारबाही गरेको थियो । यस क्रममा लेबनानमा शृङ्खलाबद्ध रुपमा पेजर विष्फोट गराइएको थियो । यस कारबाहीमा इजरायलले हिजबुल्लाहका सदस्यहरूले बोकेका पेजरलाई निशाना बनाएका थिए ।
देशभरमा पेजर विस्फोटका घटनामा दर्जनौँ मानिसको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए । उक्त अभियान हिजबुल्लाहका सदस्यहरूलाई मात्रै लक्षित गरेर चलाइएको इजरायलको भनाइ थियो । तर विस्फोटका पीडितमा सर्वसाधारण पनि परेको लेबनानी अधिकारीहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण