मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भएका छन् । प्रभावशाली डिफेन्डर रामोसले मेक्सिकन क्लब मोन्टेरीसँग एक वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ ।
३८ वर्षीय रामोस स्पेनिस राष्ट्रिय टोलीका पूर्वसदस्य पनि हुन् । स्पेनिस क्लब सेभिया छाडेपछि उनी कतै आबद्ध भएका थिएनन् । सन् २०२३–२४ सिजनको समाप्तिसँगै सेभियासँग उनको सम्झौता अवधि पनि टुंगिएको थियो ।
सेभियाकै सिनियर टोलीबाट उनले आफ्नो खेलजीवन सुरु गरेका थिए । रामोसले सन् २००५ देखि सन् २०२१ सम्म स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट खेलेका थिए । रियल म्याड्रिडको थुप्रै सफलतामा उनको महत्त्वपूर्ण योगदान रहेको छ ।
रामोस स्पेनलाई विश्वकपको उपाधि चुमाउने टोलीका प्रभावशाली सदस्य पनि हुन् । रामोससहितको स्पेनिस टोलीले सन् २०१० मा फिफा विश्वकपको उपाधि जितेको थियो । यसका अतिरिक्त रामेसले स्पेनलाई सन् २००८ र सन् २०१२ को युरो कप जिताउन पनि महत्त्वपूर्ण योगदान गरेका थिए ।
उनी कति पारिश्रमिकमा मोन्टेरीमा आबद्ध भएका हुन् भन्ने विषयमा केही खुलाइएको छैन । मोन्टेरीबाट खेल्दा रामोसले ९३ नम्बरको जर्सी लगाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण