अल नासरको जितमा रोनाल्डोको गोल
शनिबार, २६ माघ २०८१, ०९ : ५४
रियाद । जोन डुरानले साउदी प्रो लिग डेब्यूमा उत्कृष्ट प्रदर्शन गर्दा अल नासरले अल फयहामाथि सहज जित हात पारेको छ । बिहीबार राति भएको खेलमा अल नासर ३–० गोलले विजयी बन्यो ।
खेलको २२ औँ मिनेटमा जोन डुरानले टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ७२ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए ।
भर्खरै ४० औँ जन्मदिन मनाएका क्रिस्टियानो रोनाल्डोले ७४ औँ मिनेटमा गोल थप्दै टोलीलाई सहज दिलाए । जितका बाबजुद अल नासर लिगमा तेस्रो स्थानमा रहेको छ ।
१९ खेलबाट टोलीको ४१ अंक छ । शीर्ष स्थानमा रहेको अल इतिहादले समान खेलबाट ४९ अंक बटुलेको छ । १८ खेलबाट ४६ अंक बटुल्दै अल हिलाल दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण