अनौठो उपहार
एउटा आगन्तुक
आइपुग्छ,
आफ्नो आँखा अगाडी,
धमिल दृश्य झैँ लाग्छ
आफ्नै आँखाहरूलाई,
बल्लतल्ल हृदयमा एउटा
तरङ्ग उब्जिन्छ र वर्षौँ पहिलेको
रक्तिम संघर्षरत कदमहरू
याद आउन थाल्छन् ,
उ बोलाउन थाल्छ,
आफ्नो भनेर,
उ सम्झाउन थाल्छ,
आत्मीय भन्दै,
उ हाँस्न थाल्छ,
खुसी बनाउन खोज्छ,
उ जीवनका आशाहरू
देखाउन कोसिस गर्दैछ,
तर,
यो मनले पहिचान पाउँछ,
आफ्नो
गहिरो दुखमा
खित्खिताउँदै,
त्यसले आनन्द मानेको,
मीठो नाटकीय बोली
भित्रको हिजोको
तितो छलकपटले बज्र हानेको,
त्यो आत्मीय भनी हृदयमा पसेर
घातको बज्रपातले
ढलाएर भागेको,
हो त्यो त्यही आकृति हो
र रहेछ पनि ,
किनकि अब यो मनलाई
ठम्याउन जटिल भएन,
जब उसका दन्तलहर भित्र
दम्भका उत्तेजनाहरू
एक एक गर्दै उभिएर
आफ्नो स्वार्थ केन्द्रित
हुँदै वर्षौँपछि
यो काम नलाग्ने
भनी फालिएको खोस्टो
पैतालाको धुलो नगनेको
निरीह आकृति सँग
झुटो आवरणको कोसेली ल्याएर
स्वार्थको भिक माग्न आफ्नै
बस्तीमा प्रवेश गरेको छ आज,
लाज,घिन
पचाएर
हिजो गरेको कुकृत्य छोप्न
पश्चात्तापको बर्को ओढेर
दूषित मनबाट उब्जेर गरेका
सयौँ प्रहार बिर्सेर,
तर मनलाई लाग्दैछ,
त्यो उमेरदार सिकारीले आफूले गरेको
प्रहार बिर्से पनि त्यो भर्खरै पखेटा उम्रिन आँटेको
बेला हानेको भालाको दाग अझै ताजै छ
यो हृदयमा, अझै बढी त मेरो
कोमल मस्तिष्कमा
तैपनि देख्न पाएन उसले नयाँ
र रंगिन पखेटा भित्र लुकेको
पुरानो चोटको निशानी,
र मेरै सामु हाँस्दैछ,
बोल्दैछ,
एउटा पोको कोसेलीको
दिँदैछ,
तर त्यो खोल्न र स्विकार्न मनले
मानिरहेको छैन,
किनकि,
जीवन नै बलिदान दिँदासमेत एउटा
निस्वार्थ र निश्चल मुस्कान दिन नसक्ने,
यो चिने जस्तो लाग्ने आकृति,
सायद अर्को पटक उसकै सन्ततिलाई
चोट पछिको उपहार लिएर नपुगुन्
उसकै आँगनीको डिल वरिपरि
विगतका कपटी सिकारीहरू,
सदियौँको शुभचिन्तकको
भेष धरेर ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण