कार्यकक्षमा आगलागी भएपछि मन्त्री भन्छन्– शुक्रबार नै बिजुलीको तार जलेको गन्ध आएको थियो
काठमाडौँ । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । बिहान अकास्मात भएको आगलागीमा मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।
आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको उनको भनाई छ । शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए । पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको उनले बताए ।
प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने उनले बताए । दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको बताउनु भयो । अति आवश्यक डकुमेन्टमा भने कुनै क्षति भएको उनले दाबी गरे ।
खानेपानी मन्त्रालयमा पुगेका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताए । उनकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।
शुक्रवारदेखि नै विद्युत् सर्ट भएको गन्ध आएको र आज आगलागी भएको हुनसक्ने उनले आशंका गरे । ठुलो क्षति हुनबाट जोगिएको उनको भनाई छ । अब मन्त्रालयको पूरा भवनमै विद्युत् वायरिङको जाँच हुने उनले बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण