वर्षायाममा यातायात अवरुद्ध हुन नदिने गरी बीपी राजमार्गको काम सुरु गर्न मन्त्री दाहालको निर्देशन
धुलिखेल । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गको क्षतिग्रस्त खण्डमा तुरुन्त पुनर्निर्माणको काम सुरु गर्न निर्देशन छन्। वर्षायाममा यातायात अवरुद्ध हुन नदिने गरी काम सुरु गर्न उनको निर्देशन छ।
शनिवार सो राजमार्गको निरीक्षण गरि उनले उक्त कार्यका लागी श्रोत अभाव हुन नदिने प्रतिबद्धता पनि जनाए । यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसँग जोड्ने लाइफलाइन समेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरि काम अघि बढाउन सडक विभागलाई उनले निर्देशन दिएका छन् । अनुगममा नै रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरण समेत तत्काल परिचालन गरेर काम सुरु गर्नुपर्ने बताए ।
यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले अल्पकालीन र दीर्घकालीन तयारी सहित मर्मत र पुनर्निर्माणको काम थालिने बताए।
संघीय सडक सुपरिवेक्षण तथा अनुगम कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सडकको अवरोध हटाउने तथा तत्काल गर्नु पर्ने मर्मतको काम भई रहेको बताए।
मन्त्री दाहाल सहितको टोलीले सूर्यविनायक धुलिखेल सडकको समेत निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ । त्यस क्रममा आयोजना प्रमुख राजेन्द्र दाशले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भई रहेको बताए ।
टोलीले बीपी राजमार्गको धुलिखेल देखि नेपालथोक सम्मको निरीक्षण गरेको हो । अनुगमनमा सडक विभागका उप महानिर्देशक अर्जुन अर्याल, सडक डीभीजन भक्तपुरका प्रमुख तथा प्राविधिक लगायतको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण