हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्रस्थल सैलुङ, २५ तस्बिरमा हेर्नुहोस्
दोलखा (सैलुङ) । सय वटा थुम्का नामबाट नामाकरण भएको सैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको लागि निकै महत्त्वपूर्ण स्थान हो । दुई धर्मको संगमस्थलको रूपमा रहेको सैलुङ्लाई हिन्दुहरूले शिवको तपोभूमिको रूपमा लिन्छन् भने बौद्ध धर्मावलम्बीले भगवान बुद्धले पाइला टेकेको पवित्रस्थलको रूपमा लिने गर्छन् ।
_M13SNBm7M0.jpg)
दैनिक जसो धर्मावलम्बीहरू यहाँ पूजा अर्चना गर्नका लागि थुम्कोमा चढ्ने गर्छन् । यी थुम्कोहरूमा रहेका बौद्ध गुम्बा र स्तुपामा मानिसहरू पूजा गर्न उकालो र ओरालो चढेर आउने गरेका छन् । लामो दुरी तय गरेर आउने गरेका यी तीर्थालुहरु सैलुङ गुम्बा, सैलुङ महादेवको मन्दिर, धर्म गुफा, गाईको खुर एवम् थुनजस्ता देखिने आकृति हेर्न यस क्षेत्रमा पुग्ने गर्छन् ।
_hErLzNB4Ch.jpg)
यसका अलावा सैलुङ क्षेत्रमा धर्म ढोका, १२ वर्षमा एक पटक गोदावरी फुल्ने ठाउँ, महादेव मन्दिर, हनुमान गुफा, डाँफे ढुङ्गा, जरेश्वर महादेव, गाई ढुङ्गा, हालै निर्माण भएको ग्रेटवाल, बाघ ढुङ्गा क्षेत्रमा पनि मानिसहरू पुग्ने गरेका छन् । डाँडै डाँडा भएकाले पैदल जान नसक्नेहरूका लागि यहाँ व्यावसायिक रूपमा घोडा र खच्चरको व्यवस्था पनि छ ।
_jxzo68wOMK.jpg)
यहाँ हरेक वर्ष बौद्ध पूर्णिमाका दिन लाग्ने जात्रा एवम् गुफा बस्ने प्रचलन परापूर्वकालदेखि चलि आएको छ । यसबेला हजारौँ भक्तजनहरू सैलुङ डाँडामा भेला भएर लामा गुरुबाट बौद्ध चैत्यको दर्शन तथा पूजा–अर्चना एवम् आस्था प्रकट गर्ने गर्छन् । यस्तै प्रत्येक बाह्र वर्षमा लाग्ने गोदावरी नुहाउने मेला एवम् सैलुङ महादेवको दर्शन गर्नाले पुण्य कमाइने यहाँका बासिन्दाको विश्वास छ । विशेषगरी बुद्ध पूर्णिमा, बालाचर्तुदशी, तीज, नयाँ वर्ष लगायतका मुख्य चाडपर्वमा यहाँ मानिसको घुइँचो लाग्ने गरेको छ ।
_JaPdOnqEnP.jpg)
सत्य युगमा सैलुङको सयवटै थुम्कामा ऋषिमुनीले तपस्या गरेर बसेको किंवदन्ती अहिले पनि स्थानीयले सुनाउने गर्छन् । कलियुग लागेपछि तपस्वी ऋषिहरू त्यही थुम्काहरूमा समाहित भएको जनविश्वास रहँदै आएको छ । सैलुङको डाँडोमा बुद्धले टेकको ढुङ्गामा बुद्धको पाइलाको छाप छ भन्ने विश्वासका साथ बौद्ध धर्मालम्बीहरु पूजा गर्न पुग्छन् । त्यस्तै डाँडामा अन्तिम संस्कार गर्दा मोक्ष प्राप्ति हुने पनि विश्वास रहेको छ ।
_dk8O1cOKZ3.jpg)
_6Z0IkOnVVx.jpg)
_asZUPb165B.jpg)
_FQIYIJTpiN.jpg)
_LfiLBqTkva.jpg)
_itdwSifsDA.jpg)
_OVXZ6dPIGD.jpg)
_VxUp1pEtWO.jpg)
_icnGrIuWOj.jpg)
_YJBV3ZrPqg.jpg)
_iIRVPZhUZN.jpg)
_qBAvaHTLIB.jpg)
_FRzGGMQ10I.jpg)
_eZYigbsPNc.jpg)
_vGRCIbiLRr.jpg)
_iR1JeVKkDz.jpg)
_FnNyQ5iMPf.jpg)
_jNucQoIpQk.jpg)
_8jSHRhERe9.jpg)
_sp4aHEnvc8.jpg)
_U37M0B9Ug9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण