देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।
अनुशासन र एकता, समृद्धिको आधार भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय नेपाल स्काउटको चौथो प्रादेशिक ज्याम्बोरेट २०८१ को उद्घाटन गर्दै उनले भौतिक विकास भन्दा मानवीय विकास दिगो हुने भएकाले देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता भएको बताएका हुन् ।
उनले राष्ट्र प्रति आस्थावान् नेपाली नागरिक बनाउन नेपाल स्काउटले गरिरहेको प्रयास सह्रानीय भएको बताउँदै कोशी प्रदेशका सबै पालिकामा स्काउटका गतिविधि सञ्चालन गर्न आग्रह गरे । कोशी प्रदेश स्काउट कार्यालय विराटनगरले माघ २५ गते देखि माघ २८ गते सम्म आयोजना गरेको सो ४ दिने ज्याम्बोरेटमा कोशी प्रदेशका करिब ६७ वटा पालिकाका ११ वर्ष देखि १६ वर्ष सम्मका करिब २ हजार ५ सय स्काउटहरू सहभागी भएका छन् ।
उनीहरूलाई स्काउटको उद्देश्य, गरिमा र पहिचान बारे जानकारी दिनुका साथै शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक, र आध्यात्मिक विकासका लागि विभिन्न क्रियाकलाप गराइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण