दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
नयाँदिल्ली । दिल्ली विधानसभा चुनावमा कांग्रेस नेता राहुल गान्धीले हार स्वीकार गरेका छन्। उक्त चुनावमा कांग्रेस निल भएको थियो । सामाजिक सञ्जाल प्लेटफर्म एक्समामार्फत उनले दिल्लीको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्ने बताएका हुन् ।
‘राज्यका सबै कांग्रेस कार्यकर्ताहरूलाई उनीहरूको समर्पणको लागि र सबै मतदाताहरूलाई उनीहरूको समर्थनको लागि हार्दिक धन्यवाद। प्रदूषण, मुद्रास्फीति र भ्रष्टाचार विरुद्ध तथा दिल्लीको प्रगति र दिल्लीवासीहरूको अधिकारका लागि हाम्रो लडाइा जारी रहनेछ’ उनले भने।
१९९८ देखि २०१३ सम्म दिल्लीमा कांग्रेस सत्तामा थियो। तर २०१५, २०२० र २०२५ को विधानसभा चुनावमा कांग्रेस पार्टीले दिल्लीमा आफ्नो खाता पनि खोल्न सकेन। २७ वर्षपछि दिल्लीमा भाजपाले बहुमत पाएको छ। जबकि गत चुनावमा ६२ सिट जितेको आम आदमी पार्टीले यस पटक २२ सिट मात्र पाएको चुनावी नतिजामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण