‘डिपोर्ट’को डरले अमेरिकामा पार्ट टाइम जब छाड्दै छन् भारतीय
वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि आप्रवासन नीति कडा पारेका छन् । अवैध आप्रवासीहरूलाई खोजिखोजी हथकडी र नेल लगाएर अमेरिकाबाट देश निकाला गरिँदै छ ।
यसको परिणामस्वरूप, अमेरिकामा बस्ने भारतीय विद्यार्थीहरू अब पार्टटाइम जागिर गर्नबाट बच्न थालेका छन् । पहिले नै पार्टटाइम जागिर गरिरहेकाहरूले या त आफ्नो जागिर छोडिरहेका छन् या डरको छायामा बाँचिरहेका छन् ।
ट्रम्पले पदभार ग्रहण गरेदेखि भिसा अस्वीकृत हुने क्रम बढेको छ । अमेरिकाभरि कार्यस्थलहरूमा आप्रवासीहरूको छानबिन र सोधपुछ बढेको छ । यही कारणले गर्दा अमेरिकामा पढ्ने सोचमा रहेका धेरै भारतीय विद्यार्थीहरू गन्तव्य फेर्ने सुरमा छन् ।
विगत एक वर्षमा, अमेरिकाले भारतीय विद्यार्थीहरूलाई जारी गर्ने एफ–१ विद्यार्थी भिसाको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । अमेरिकी विदेश विभागको तथ्याङ्कको विश्लेषण अनुसार, २०२४ को जनवरीदेखि सेप्टेम्बर सम्म ६४ हजार ८ जना भारतीयलाई एफ–१ भिसा दिइएको छ । २०२३ को सोही अवधिमा यो संख्या १ लाख ३ हजार ४९५ थिउो । अर्थात् एक वर्षमा जारी भिसाको संख्या ३८ प्रतिशतले घटेको छ ।
अमेरिकामा घट्दो रोजगार बजारप्रति भारतीय विद्यार्थीहरू पनि चिन्तित छन् । अमेरिकी कम्पनीहरूले अब स्थानीयहरूलाई प्राथमिकता दिइरहेका छन् । अमेरिकी अध्यागमन प्रणालीले पनि पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई किनारा लगाइरहेको छ । अमेरिकामा बस्ने धेरै भारतीय विद्यार्थीले अमेरिकाको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् र अब उनीहरूलाई जागिर पाउन गाह्रो भएको र अवस्था धेरै खराब भएको बताएका छन् ।
कार्यस्थलमा बढ्दो जाँच
अमेरिकामा अध्ययनरत धेरै भारतीय विद्यार्थीहरूले कानुन प्रवर्तन एजेन्सीहरूद्वारा बढ्दो छानबिनप्रति चिन्ता व्यक्त गरेका छन् । अनुसन्धान एजेन्सीहरूका मानिसहरू बारम्बार कार्यस्थलमा आएर आप्रवासीहरूको खनतलासी गर्ने गरिरहेका छन् ।
परिचयपत्र र वैध कागजातहरू जाँच्ने क्रम बढेको छ । यसले अमेरिकामा आफ्नो पढाइ र खर्च जुटाउन पार्टटाइम जागिर गर्ने विद्यार्थीहरूको समस्या बढाएको छ । अनुसन्धान एजेन्सीहरूको कडा अडानका कारण उनीहरूले जागिर छोडिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण