सरकारको गति पश्चगामी दिशातिर उन्मुख छ : प्रकाश ज्वाला
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारका कामकारबाही पश्चगामी भएको टिप्पणी गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद ज्वालाले सल्यानमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले श्रीनगरमा आयोजना गरेको दोस्रो बृहत् सल्यान महोत्सवका स्टलमा आगलागी हुँदा करोडौँको क्षति भएको भन्दै घटनाको अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न ध्यानाकर्षण गराउँदै यतिवेला सरकार उल्टो बाटो हिँडिरहेको बताए ।
‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै सरकार उल्टो बाटो हिँडिरहेको छ’, ज्वालाले भने, ‘सरकारको गति पश्चगामी दिशातिर उन्मुख छ ।’ उनले गर्नुपर्ने विषयहरू प्राथमिकतामा नराखेको र नगर्नुपर्ने कुराहरू सरकारले गरिरहेको बताए ।
बाढी र भूकम्प प्रभावितहरूले दोस्रो किस्ताको रकम अहिलेसम्म नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले संसद् छलेर संसद्को मुखमा अध्यादेशबाट शासन गर्न खोजेको ज्वालाको आरोप छ । उनले भूमिसम्बन्धी अध्यादेश भूमाफियालाई फाइदा हुनेगरी ल्याएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण