अमेरिकी सरकारको भुक्तानी प्रणालीमाथि मस्कले उठाए प्रश्न
वासिङ्टन डिसी । अमेरिकामा एक संघीय न्यायाधीशले अर्थ मन्त्रालयको डेटामा सरकारी दक्षता विभागको पहुँचमा रोक लगाएको मामिलामा उक्त विभागका प्रमुख खर्बपति व्यापारी एलन मस्कले प्रतिक्रिया दिएका छन् । आइतबार मस्कले माइक्रो ब्लगिङ वेबसाइट एक्समा सरकारी भुक्तानी प्रणालीप्रति कडा आपत्ति जनाएका छन् । हरेक वर्ष यस्ता भुक्तानीमा १ खर्ब डलरभन्दा बढीको अनियमितता र सम्भावित ठगी भइरहेको पोस्टमा उनले लेखेका छन् ।
सामाजिक सुरक्षा नम्बर (एसएसएन) वा अस्थायी पहिचान नम्बर नै नभएकाहरूलाई वर्षेनी १ खर्ब डलरभन्दा बढीको भुक्तानी भइरहेको दाबी मस्कको छ । यसलाई सुधार्न अर्थ मन्त्रालय र सरकारी दक्षता विभागले संयुक्त रूपमा सरकारी भुक्तानीहरूको अनुगमनका लागि नयाँ नियमहरू बनाएको अनि अब सबै सरकारी भुक्तानीहरूमा भुक्तानी वर्गीकरण संहिता हुनेछ र यसले लेखा परीक्षणलाई सजिलो बनाउने उनले पोस्टमा लेखेका छन् । पहिला सरकारी भुक्तानीमा यी कोड हाल्ने नगरिएको र लेखापरीक्षण गर्न पनि गाह्रो भएको मस्कको भनाइ छ । अबका सबै भुक्तानीहरूमा कारण उल्लेख गरिएको नोट आवश्यक पर्ने बताइएको छ ।
मस्कका अनुसार अहिलेसम्म यो भाग खाली राखिँदै आएको थियो । एउटा चार्ट सेयर गर्दै मस्कले सर्वसाधारण जनताले तिरेको करबाट चुकाइने सरकारी भुक्तानीमा ठगीको मात्रा सोचेभन्दा धेरै ठुलो भएको अर्को पोस्टमा बताएका छन् । यो निकै गम्भीर मुद्दा भएको र सरकारले सकेसम्म चाँडो कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण