मालीमा बन्दुकधारीहरूको आक्रमणमा २५ सर्वसाधारणको मृत्यु
माली । अफ्रिकी देश मालीमा शुक्रबार बन्दुकधारीहरूले सवारी साधनको ताँतीमा आक्रमण गर्दा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । त्यहाँको सेनाले स्कर्टिङ गरेर ती सवारी साधनलाई लगिरहेका थिए । मृत्यु हुनेमा अधिकांश सुन खानीका कामदार रहेको सैन्य प्रवक्ताले आइतबार बताएका छन् ।
यो आक्रमण शुक्रबार देशको उत्तरपूर्वमा रहेको सबैभन्दा ठुलो सहर गाओबाट करिब ३० किलोमिटर टाढा भएको थियो । जहाँ सत्तारुढ जुन्टा विरोधी सशस्त्र समूहहरू सक्रिय छन् । यो यस वर्ष सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमण हो ।
आक्रमणकारीहरूले सेनाद्वारा सञ्चालित लगभग ६० वटा सवारी साधनको ताँतीलाई निशाना बनाएको सेनाका प्रवक्ता कर्नेल मेजर सोलेमाने डेम्बेलेले भनेका थिए । आक्रमणकारीमध्ये चार जना घाइते भएको पनि उनले बताए । उनले सेनाका कुनै कर्मचारी हताहत भए/नभएको चाहिँ स्पष्टसँग बताएनन् ।
अहिलेसम्म कुनै पनि सशस्त्र समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन । यस क्षेत्रमा धेरै समूहहरू सक्रिय छन्, जसमा इस्लामिक स्टेट समूह, अलकायदासँग सम्बन्धित जेएनआईएम र अजावद क्षेत्रमा रहेका अन्य समूहहरू छन् । यी सबैले मालीको सैन्य शासनको विरोध गर्दै आएका छन् ।
मालीमा १० वर्षभन्दा बढी समयदेखि हिंसा चलिरहेको छ । सेनाले २०२० मा निर्वाचित सरकारको अलोकप्रियताको फाइदा उठाएर शासन आफ्नो हातमा लियो । त्यसयता सरकारले निरन्तर आतंकवादी हमलाको सामना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण