प्रमिषा र नली बने चौथो ‘स्पेस एन्ड डिजाइन एक्स्पो’ विजेता
काठमाडौँ । नली शाक्य र प्रमिषा लामिछाने चौथो ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२५’को विजेता बनेका छन् । क्याफे थिमतर्फ प्रमिषा र थेसिस थिमतर्फ नली विजेता चुनिएका हुन् । एक्स्पोमा थेसिसतर्फ सानुमाया बानिया दोस्रो र दुर्गादेवी पौडेल तेस्रो घोषित हुँदा क्याफेतर्फ जिनिषा महर्जन दोस्रो, रोशन लामिछाने तेस्रो भए ।
इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल ( आइडिया नेपाल ) का पूर्व अध्यक्ष सानु राजा शिल्पकार, बिन्द्रा कक्श्यपति प्रधान तथा आइडिया नेपालका वर्तमान उप–अध्यक्ष उषा रायमाझी र महासचिव रामगोपाल तन्डुकार, गायक उदय सोताङ, समाजसेवी सुरबहादुर श्रेष्ठ लगायतले विजेतालाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा दर्शकहरूको रोजाईको भोट मार्फत थेसिस श्रेणीतर्फ निभाश श्रेष्ठ र क्याफे डिजाइनतर्फ प्राची ठाकुर पब्लिक चोईस अवार्ड जित्न सफल भए । ‘स्पेस एन्ड डिजाइन एक्स्पो २०२५’को जजमेन्टमा क्याफेतर्फ मुकेश महर्जन र रीजु महर्जन र थेसिसतर्फ रञ्जन प्रजापति र जरिना बज्राचार्य रहेका थिए ।
आईआईएफटी स्कूलअफ फेसन एन्ड इन्टेरियर डिजाइनका विद्यार्थीहरुले शनिबार थेसिस र इन्टेरियर डिजाइनका अवधारणा समेत प्रस्तुत गरे । ललितपुरको जावलाखेमा आयोजित चौथो ‘स्पेस एन्ड डिजाइन एक्सपो’मा आईआईएफटीका ४६ जना विद्यार्थीले इन्टेरियर डिजाइनको महत्व उजागर उजागर समेत गरेका थिए । जसमा मानिसको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्नुका साथै जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधानको अध्यक्ष, राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिको रूपमा ललितपुर महानगरपालिका वडा–४ का अध्यक्ष सन्तोष खड्का, इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल)का अध्यक्ष श्याम श्रेष्ठ र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) का अध्यक्ष संघर्ष विष्ट, फेसन डिजाइनर तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघकी उपाध्यक्ष सुदिना श्रेष्ठ, एडभोकेट तथा लिटिल फ्लावर पब्लिक स्कुलका अध्यक्ष लक्ष्मण महर्जन, मिस मंगोल–२०२४ की विजेता एन्जल राई, कर्पोरेट खबरका अध्यक्ष उज्वलजंग शाह, मैनाली मार्केटिङका अध्यक्ष प्रेमहरि मैनाली, नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमिति सदस्य सन्तोषराज केसी, व्यवसायी उज्वलकृष्ण श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण