इन्टरनेशनल लिग टी–२० : क्यारेबियन ब्याट्सम्यानहरु चम्किएपछि दुबई क्यापिटल्सले उपाधि उचाल्यो
काठमाडौँ । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेशनल लिग टी–२० को उपाधि दुबई क्यापिटल्सले जितेको छ । दुबई क्यापिटल्सले आइतबार राति दुबईमा खेलिएको फाइनल खेलमा डेजर्ट भाइपर्सलाई चार विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको डेजर्ट भाइपर्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको दुबई क्यापिटल्सले भने १९.२ ओभरमा ६ विकेट गुमाएर एक सय ९१ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
दुबई क्यापिटल्सको जितमा रोभमन पोवेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । वेस्ट इन्डिजका खेलाडी पोवेलले ६३ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केबल ३८ बलमा तीन छक्का र सात चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान साई होपले पनि टोलीका लागि ४३ रनको योगदान गरे ।
क्यारेबियन खेलाडी होपले ३९ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । सिकन्दर राजाले पनि टोलीको खातामा अविजित ३४ रन थपे । सातौँ नम्बरमा क्रिज समाल्न आएका जिम्बाबेका खेलाडी सिकन्दर राजाले केवल १२ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।
दासुन सानकाले पनि टोलीका लागि २१ रनको योगदान गरे । उनले १० बलमा दुई छक्का हिर्काए । दुबई क्यापिटल्सले अतिरिक्त रूपमा पनि १५ रन पायो । डेजर्ट भाइपर्सका बलर मोहम्मद आमिर र डेभिड पायनले दुई–दुई विकेट लिए ।
त्यसअघि, डेजर्ट भाइपर्सका लागि म्याक्स होल्डेन र कप्तान साम कर्रनले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तर, यी दुई प्रभावशाली ब्याट्सम्यानको अर्धशतक निरर्थक साबित भयो । म्याक्सले ७६ रन बनाएका थिए । उनले ५१ बलमा १२ चौका हिर्काए ।
कप्तान सामले पनि अविजित ६२ रन बनाएका थिए । उनले केवल ३३ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान आजम खानले २७ रन बटुले । रोभमन पोवेल म्यान अफ दि म्याच घोषित भए । साम कर्रन म्यान अफ दि सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण