कमल थापा दिल्ली प्रस्थान
सोमबार, २८ माघ २०८१, १४ : १८
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । दिल्लीमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा केही राजनीतिक भेटघाट पनि हुनसक्ने स्रोतले जनाएको छ । भ्रमणमा थापा पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी (अप्रा) नेत्रबहादुर थापा र बहिनी रिता थापा हुन् । थापा फाल्गुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको पार्टीका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण