सैफ अली खानमाथि आक्रमण भएको रात छोराले सोधेको थियो - तिमी मर्न लागेको हो र ?
भारत । आक्रमणपछि बलिउड अभिनेता सैफ अली खानले पहिलो पटक एक अन्तर्वार्तामा घटनाको रातबारे कुरा गरेका छन् ।
आफूमाथि भएको आक्रमणपछि परिवारले देखाएको प्रतिक्रियाबारे उनले अन्तर्वार्तामा भनेका छन्। आक्रमणपछि करीना र छोरा तैमुर आफ्नो सुरक्षालाई लिएर कति चिन्तित थिए भन्ने पनि उनले खुलाए।
दिल्ली टाइम्सलाई दिएको अन्तर्वार्तामा सैफले भनेका छन्, ‘बच्चाहरू ठीक छन्, भगवानलाई धन्यवाद । जेह (तीन वर्षीय कान्छो छोरा) ले मलाई प्लाष्टिकको तरवार दिएर अर्को पटक चोरहरू आउँदा आफ्नो ओछ्यान नजिकै राख भन्यो।'
आफ्नो जेठो छोरा तैमुरले आफ्नो सुरक्षालाई लिएर अलि बढी चिन्ता गरेको पनि उनले बताए। घटनाको रात सम्झँदै सैफले आफ्नो कुर्ता रगतले भिजेको बताए । श्रीमती र छोराछोरी लिएर भवनबाट ओर्लिँदा तैमुरले 'के तिमी मर्न लागेको हो ?' भनेर सोधेको उनले उक्त अन्तर्वार्तामा बताएका छन्।
सैफले अन्तर्वार्तामा तैमुरले आफुले आक्रमणकारीलाई माफ गर्न पनि भनेका बताएका छन्।
६ जनवरीको रात सैफ अली खानमाथि उनको घरमा हमला भएको थियो । उक्त हमलामा उनी गम्भीर घाइते भएपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो । अभिनेता हाल स्वस्थ छन् र काममा फर्केका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण